Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

काठमाडौंका ३ शाखा मर्ज गर्दै नबिल बैंक

काठमाडौंका ३ शाखा मर्ज गर्दै नबिल बैंक


  • 463
    Shares

    काठमाडौंका ३ शाखा मर्ज गर्दै नबिल बैंक

    काठमाडौं । नबिल बैंकले काठमाडौंको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नयाँ बानेश्वर क्षेत्रमा रहेका तीन वटा शाखाहरूलाई एउटैमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

    बैंकको पछिल्लो निर्णयअनुसार हाल सञ्चालनमा रहेका बिजुलीबजार र शंखमुल शाखाहरू आगामी वैशाख २१ गतेदेखि बन्द भई नयाँ बानेश्वर शाखामा गाभिने भएका छन्।

    दुवै शाखाका सम्पूर्ण ग्राहक खाता तथा लकर सुविधाहरू पनि स्वतः नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुने बैंकले जनाएको छ।

    लकर सेवा प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना बहुमूल्य वा टुटफुट हुन सक्ने सामानहरू वैशाख १७ गते बिहीबारसम्ममा सुरक्षित रूपमा निकालिसक्न समेत बैंकले आग्रह गरेको छ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १२:१९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij