Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

चार वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

चार वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


  • 8.3K
    Shares

    चार वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
    images

    रुपन्देही । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ । बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

    खेतमा काम गर्न गएका आमाबुवा घरमा आएपछि बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ । करणीको अभियोग लागेका गन्धर्वलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता थापाले बताउनुभयो । रासस

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १६:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij