Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुकुमवासीको अवस्था बुझ्न मानव अधिकार आयोगको सक्रियता, बल प्रयोग नगर्न सरकारलाई निर्देशन

सुकुमवासीको अवस्था बुझ्न मानव अधिकार आयोगको सक्रियता, बल प्रयोग नगर्न सरकारलाई निर्देशन


  • 1.1K
    Shares

    सुकुमवासीको अवस्था बुझ्न मानव अधिकार आयोगको सक्रियता, बल प्रयोग नगर्न सरकारलाई निर्देशन
    images

    काठमाडौं । सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको हो ।

    शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।

    उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको हो ।

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सुकुमवासीहरुको अवस्था बुझ्न आयोगको टोली खटिएको जानकारी दिएका छन् ।

    अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।

     

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १२:५१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij