Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेले फिर्ता बोलायो सीडीएससी सीईओ

नेप्सेले फिर्ता बोलायो सीडीएससी सीईओ


  • 1.7K
    Shares

    नेप्सेले फिर्ता बोलायो सीडीएससी सीईओ
    images

    काठमाडौं । नेप्सेले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससीको सीइओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    नेप्सेले सहायक कम्पनी सीडीएससीमा प्रतिनिधि सञ्चालकको रुपमा उनलाई पठाएको थियो । नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै उनलाई सीईओको जिम्मेबारी तोकेको थियो ।

    सीईओमा कार्यरत छँदा सूचीकृत कम्पनीलाई २ आइजिन दिने नीति बनाउने तयारी गरेपछि विवादित भएकी थिइन् । सोही विवादका कारण अर्थ मन्त्रालयले उनको सन्दर्भमा चासो देखाएपछि नेप्से सञ्चालक समितिले फिर्ता बोलाउने निर्णय गरेको नेप्सेका एक अधिकारीले बताएका छन् ।

    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १८:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij