Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौं प्रशासन : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू

काठमाडौं प्रशासन : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू


  • 267
    Shares

    काठमाडौं प्रशासन : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशेष सूचना जारी गर्दै आज साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन भनेको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक सीडीओ एवं प्रवक्ता मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरूमा बनेका संरचना हटाउन भनिएको हो ।

    यदी उक्त समयमा बस्ती खाली नभए संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने रिजालले जारी गरेको सूचनामा उल्लेख छ ।

    वर्षौंदेखि अनधिकृत तवरबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्नेगरी एवं आफ्नो जिउ ज्यान समेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घर टहरामा रहेका व्यक्तिहरू र यसरी बनेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूको जानकारीको लागि सूचना जारी गरिएको सीडीओ कार्यालयले जनाएको छ ।  

    ktm-suchana (1).jpeg

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १५:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij