Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

प्रभु महालक्ष्मी लाइफद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई सहयोग

प्रभु महालक्ष्मी लाइफद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई सहयोग


  • 428
    Shares

    प्रभु महालक्ष्मी लाइफद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई सहयोग

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २ सय पचास रुपैयाँ सहयोग प्रदान गरेको छ । 

    विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्रीहरु खरिद गर्नका लागि बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सो रकम सहयोग गरेको हो ।

    शुक्रबार बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष सम्झना अर्यालले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका प्रधानाध्यापक मोहन प्रसाद भट्टलाई ८ लाख २१ हजार २ सय पचास रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

    चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समितिकी अध्यक्ष सम्झना अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरिन् । 

    बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका प्रधानाध्यापक मोहन प्रसाद भट्टले यस सामुदायीक विद्यालयका विद्यार्थीहरुको पठन पाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको उल्लेखनिय रहेकोमा धन्यवाद व्यक्त गरे ।  

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १४:५३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij