२०८२ भाद्र ४ गते बुधवार
गोरखा । बारपाकमा भोली (शुक्रबार) गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र गोरखा अस्पतालका चिकित्सकको टोली कोरोना परीक्षणका लागि जाने भएका छन् ।
सामाजिक विकास मन्त्रालयबाट ३ डक्टर, ३ नर्स र ३ ल्याब टेक्निसियन सहितको टोली आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
बिहीबार आकस्मिक रुपमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गोरखा अस्पतालका डाक्टर सन्दिप श्रेष्ठको नेतृत्वमा चार जनाको टोली खटाउने निर्णय गरेको छ । ‘कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढिरहेको तथा केही व्यक्तिको निधन समेत भएकाले कोरोना परीक्षणका लागि चिकित्सक सहितको टोली खटाउन लागेका हौं,’ प्रजिअ पौडेलले भने ।
परीक्षणको क्रममा खटिएका मेडिकल टोली लगायत समग्र सुरक्षाको व्यवस्थापन इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक हिरासिं महरा नेतृत्वको टोली खटिने पनि बैठकले निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij