Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा


  • 498
    Shares

    एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । एपोलो हाइड्रोपावरको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा आइपीओ बाँडफाँट गरिएको हो।

    एपोलो हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि चैत २६ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरिएको थियो। सर्वसाधारणका लागि कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ८० हजार २०० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो।

     यो आइपीओमा २७ लाख ७१ हजार १८ आवेदकबाट कुल ३ करोड ३ लाख ५५ हजार १३० कित्ता शेयर माग भएको थियो। जसमा २७ लाख २७ हजार ११७ आवेदकबाट माग भएको २ करोड ९३ लाख ५१ हजार ३८० कित्ता शेयर सदर भएको छ भने ४३ हजार ९०१ आवेदकबाट माग भएको ५ लाख ३ हजार ७५० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यसअनुसार सदर आवेदकमध्ये २६ लाख ४९ हजार ९७ आवेदकको हात खाली भएको छ।

    यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np  बाट हेर्न सकिनेछ।

     

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १४:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij