Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

कारागारबाट फरार व्यक्ति पक्राउ

कारागारबाट फरार व्यक्ति पक्राउ


  • 477
    Shares

    कारागारबाट फरार व्यक्ति पक्राउ

    काठमाडौं । कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका-५ धोबीका ३३ वर्षीय प्रेम तामाङ रहेका छन् । 

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले २१ असोज २०७७ मा भक्तपुरको चाँगुनारायण नगरपालिका-८ रानिबारीमा ६५ वर्षीय चन्द्रबहादुर योन्जनलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

    हत्यापछि उनले सामान समेत चोरी गरी लगेको प्रहरीले बताएको छ । २६ असोज २०७७ मा पक्राउ परेका उनलाई २० भदौ २०७८ मा भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

    त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका उनी जेनजी आन्दोलनको क्रममा फरार भएका थिए । अहिले मित्रपार्कबाट पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन् ।   

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १३:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij