२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबननबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले ओभल अफिसमा इजरायल र लेबननका अधिकारीहरूबिच बिहीबार भएको वार्तापछि युद्धविराम अवधि बढाइएको जानकारी गराएका हुन्। यसअघि यही अप्रिल १६ मा इजरायल र लेबननबिच १० दिनका लागि युद्धविराम गरिएको थियो।
ट्रम्पले वार्ता ‘धेरै राम्रो’ भएको उल्लेख गरेका छन्। वासिङ्टनमा भएको इजरायल-लेबनन वार्तामा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए। ट्रम्पले लेखेका छन्, ‘अमेरिकाले हेजबुल्लाहबाट आफूलाई बचाउन लेबननसँग मिलेर काम गर्नेछ।’
उनले निकट भविष्यमा आगामी हप्ता भविष्यमा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र लेबननकाी राष्ट्रपति जोसेफ आउनलाई अमेरिकाका स्वागत गरिने पनि बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij