Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न संघको माग

युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न संघको माग


  • 904
    Shares

    युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न संघको माग
    images

    काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूमाथि भएको अभद्र व्यवहार र त्यसलाई सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक प्रचारप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ। 

    बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले युवा अभियन्ताको नाममा चिकित्सकहरूको मर्यादामा आँच पुर्‍याउने र आतङ्कित पार्ने कार्य भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

    घटनाअनुसार, प्रतिष्ठानको क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकहरूमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिएका थिए। सो क्रममा चिकित्सकहरूको भिडियो बनाई युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा तथ्यहीन आरोप र अफवाह फैलाइएको सङ्घले जनाएको छ। 

    स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि बिना कारण भ्रम सिर्जना गर्ने कार्य अत्यन्तै निन्दनीय भएको सङ्घको ठहर छ। सङ्घका महासचिव डा। सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत फैलाइने यस्ता अफवाहले आम नागरिक र स्वास्थ्यकर्मीबिचको सम्बन्धमा वैमनस्यता पैदा गर्ने उल्लेख छ। 

    यसले चिकित्सकहरूलाई मानसिक रूपमा त्रसित बनाउने मात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पुर्‍याउने दाबी गरिएको छ। सङ्घले यस्ता अराजक र उच्छृङ्खल कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ।

    सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस कानुनी कदम चाल्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ। सुरक्षित कार्यस्थल र कानुनी राज्यको महसुस गराउन नसके कडा कदम चाल्न बाध्य हुने संकेत समेत सङ्घले दिएको छ।

    673955291_1439899200675369_1461018903880366699_n_rmIvfPkmYF.jpg

     

    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १६:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij