Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

सांसद रञ्जित कर्णले दिए साइबर ब्युरोमा उजुरी

सांसद रञ्जित कर्णले दिए साइबर ब्युरोमा उजुरी


  • 715
    Shares

    सांसद रञ्जित कर्णले दिए साइबर ब्युरोमा उजुरी

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै सांसद कर्णले साइबर ब्युरोमा उजुरी दिएका हुन्। 

    सामाजिक सञ्जालमा आफूले नबोलेका कुरा तोडमोड गरी प्रस्तुत गरिएको भन्दै आफूले उजुरी दिएको कर्णले बताएका छन् । उजुरी दिएपछि सांसद कर्णले कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको बताएका छन् । तर गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ थियो।  

    कर्णले प्रधानमन्त्रीसँग सोधेको प्रश्नलाई पनि तोडमोड गरेर आफू विरुद्ध भ्रम फैलाइएको बताएका छन् । आफूले समान कानुनी मापदण्डबारे प्रश्न उठाएको स्पष्ट पार्दै कर्णले ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप असत्य भएको बताएका छन् । 

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १५:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij