Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

विद्यार्थीको ४५ प्रतिशत छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन

विद्यार्थीको ४५ प्रतिशत छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन


  • 414
    Shares

    विद्यार्थीको ४५ प्रतिशत छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन

    काठमाडौं । यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।विद्यार्थीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ ? बिहीबार भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । 

    यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।

    व्यवसायीहरूका अनुसार वि.सं. २०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो ।

    तर, मुलुक सङ्घीयतामा गएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७३ देखि नै उक्त ६० प्रतिशत कर छुटको सुविधा हटाएका छन् । 

    महासङ्घले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै सरकारले दिने सुविधाहरू हटाएको र केन्द्र तथा प्रदेशबिच समन्वय नभएको अवस्थामा भाडा छुट मात्रै कार्यान्वयन गर्न नसकिने अडान राखेको छ ।

    जबसम्म व्यवसायीले पाउने कर छुटलाई कानुनी रूपमा सुनिश्चित गरिँदैन, तबसम्म विद्यार्थी भाडा छुटको परिपत्र कार्यान्वयन गर्न नसकिने व्यवसायीको ठहर छ ।  

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - ११:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij