Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

ढुंगाले हानेर छिमेकीको विभत्स हत्या

ढुंगाले हानेर छिमेकीको विभत्स हत्या


  • 414
    Shares

    ढुंगाले हानेर छिमेकीको विभत्स हत्या

    काठमाडौं । पाँचथरमा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। 

    हिलिहाङ गाउँपालिका-७ निवासी ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    धनप्रसादलाई छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले ढुंगा प्रहार गरेर हत्या गरेका हुन्। बुधबार साँझ आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा धनप्रसादको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    आरोपित हरिचन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। मृतकको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। 

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - ११:१६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij