२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिवन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिवन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मात्रिका तिमिल्सिनाले मंगलवार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाएका छन् । उनले सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
सरकार मनोमानि ढंगले शासन सञ्चालन गरिरहेको समेत उनको आरोप छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij