Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भोलिदेखि खाद्य कम्पनी र साल्ट ट्रेडिङले घरैमा खाद्यान्न उपलब्ध गराउने

भोलिदेखि खाद्य कम्पनी र साल्ट ट्रेडिङले घरैमा खाद्यान्न उपलब्ध गराउने


  • 7.8K
    Shares

    • images
    भोलिदेखि खाद्य कम्पनी र साल्ट ट्रेडिङले घरैमा खाद्यान्न उपलब्ध  गराउने
    images

    काठमाडौं । भोलि (शुक्रवार) देखि काठमाडौं उपत्यकामा एक साताका लागि थप कडाइका साथ निषेधाज्ञा लागू हुँदैछ ।

    कोरोना महामारी बढ्ने भन्दै सरकारले यसपटक किराना, खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बन्द गर्दैछ । यसबीचमा सरकारले दुई वटा सरकारी कम्पनीमार्फत् खाद्यान्न उपलब्ध गराउने भएको छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्यान्न स्थानीय स्तरमै उपलब्ध गराउनेछन् ।

    यसका लागि यी दुई कम्पनीले मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद बिक्रीको व्यवस्था मिलाइएको कार्यालयको भनाइ छ ।

    कार्यालयले यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा र खाद्यान्न सम्बन्धि जुनसुकै समस्या भएमा मोबाइल नम्बरसहित सम्पर्क व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ ।

    saa.jpg

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १४:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij