२०८२ भाद्र ९ गते सोमवार
जनकपुरधाम । पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ ।
प्रदेशका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सर्जिकल पसलमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन गरिएको जानकारी दिए ।
घटनाको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । ‘निषेधाज्ञा पालन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले पसल सञ्चालकसँग गरेको गैर व्यवसायीक व्यवहार सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनुसन्धान कार्य सुरु भएको छ । अनुसन्धानको क्रममा प्रहरी अधिकारी दोषी देखिएमा नियमावली बमोजिम कारबाही हुन्छ’, प्रदेश प्रहरी प्रमुख सिंहले भने ।
बुधबार बिहान १०:२१ मा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका थिए । सर्जिकल पसलमा काम गर्ने करिब २१ वर्षीय अफ्रोज अहमदलाई उनले कुटेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij