Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी


  • 673
    Shares

    गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरीमा उजुरी दिएको छ। मंगलबार जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी प्रधान कार्यालयमा उजुरी दिएका हुन्।  

    प्रहरी महानिरीक्षकलाई सम्बोधन गरेर दिइएको निवेदनमा गृहमन्त्री गुरुङलाई पक्राउ गरेर निष्पक्ष रुपमा अनुसन्धान अघि बढाउन अनुरोध गरिएको छ। 

    निवेदनमा गृहमन्त्री गुरुङ पदमा बहाल रहँदा आफूविरुद्धको छानबिन प्रक्रियालाई प्रभावित पार्न सक्ने र यो ’स्वार्थको बाझिने’ विषय हुने उल्लेख गरिएको छ। प्रवक्ता शाहले मन्त्रीको ओहोदामा रहेर आफ्नै विरुद्धको अनुसन्धान हुन नसक्ने भएकाले यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको प्रचलित कानुन विपरीत भएको बताएका छन् । 

    मन्त्री पदमै रहँदा प्रमाणहरू नष्ट हुन सक्ने र न्यायमा अवरोध पुग्न सक्ने देखिएकाले उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

    जेनजी मुभमेन्टले मन्त्री गुरुङमाथि राजनीतिक आधारमा पनि  आरोप लगाएको छ । पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा जेनजी आन्दोलनलाई नै ‘हाइज्याक’ गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र व्यक्तिगत धन आर्जन तथा पद प्राप्तिका लागि बिचौलियाहरूसँग साँठगाँठ गरेको मुभमेन्टको दाबी छ। यस्तो कार्यले ७६ जना सहिदहरूको बलिदान र आन्दोलनकारीहरूको अपमान भएको निवेदनमा उल्लेख छ।

    मुभमेन्टले गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबाबमुक्त र समयबद्ध अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने मुख्य चार बुँदे माग राखेको छ। 

    प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। प्रहरीले भने यसबारेमा केही बताएको छैन।

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १४:२१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij