२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । उदयपुमा बिहेका जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बेलका नगरपालिका–३ सातपत्रेमा गएराति जन्ती बोकेको बसले मोटरसाइकलमा ठक्कर दिँदा स्थानीय २८ वर्षीय रोमन बस्नेतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो।
सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेको बसले बस्नेत सवार मोटरसाइकललाई ठक्कर दिएको हो। मृतकको शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ।
दुर्घटनापछि बस चालक सुनसरी बराक्षेत्र नगरपालिका वडा नम्बर २ चतरा बस्ने २८ वर्षीय शिखर राना मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। उनलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij