Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भोलिदेखि उपत्यकामा निषेधाज्ञा कडा बनाउँदै, खानेकुरा सकिए १०३ नम्बरमा फोन गर्नु : प्रजिअ पराजुली

भोलिदेखि उपत्यकामा निषेधाज्ञा कडा बनाउँदै, खानेकुरा सकिए १०३ नम्बरमा फोन गर्नु : प्रजिअ पराजुली


  • 9.1K
    Shares

    • images
    भोलिदेखि उपत्यकामा निषेधाज्ञा कडा बनाउँदै, खानेकुरा सकिए १०३ नम्बरमा फोन गर्नु : प्रजिअ पराजुली

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलिदेखि निषेधाज्ञा कडा बनाउँदा नागरिकले खानै नपाउने अवस्था नआउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । निषेधाज्ञा कडा बनाउँदा नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनु नपर्ने उहाँको भनाई छ ।

    काठमाडौंको नागढुंगा नाका अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुरा गर्दै उहाँले जेठ भोलि देखि २० गतेसम्म निषेधाज्ञा कडा गरेपनि नागरिकलाई समस्या पर्न नदिने दाबी गर्नुभएको हो ।

    खानेकुरा सकिए वडा कार्यालयले राहत वितरण गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । उहाँले  आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएको जानकारी दिनुभयो ।

    समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने छ ।
    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १४ देखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसल पनि बन्द हुनेछन् । 
    चामल, दाल किन्ने व्यवस्था मिलाउने प्रजिअ पराजुलीले बताउनुभयो ।

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १२:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij