Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: राजेन्द्र लिङदेन

गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: राजेन्द्र लिङदेन


  • 260
    Shares

    गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। 

    राप्रपाले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको विषयमा समाचार आइरहेका छन्। उनले जेनजी आन्दोलनपछि खरिद गरेको ५० लाखको शेयरबारे सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप लागेको छ। 

    यस विषयमा बोल्दै अध्यक्ष लिङदेनले तत्काल स्पष्ट पार्न सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वसँग माग गरेका छन्।

    ‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आईराखेको छ, त्यसबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ,’ लिङदेनले भने, ‘गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ। पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नु पर्छ।’

    स्टन्टको भरमा देश नचल्ने भन्दै उनले सरकारको आलोचना गरेका छन्। अध्यक्ष लिङदेनले सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

    ‘मैले अस्ती भर्खरै सञ्चार माध्याममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु। म लाईसेन्स नविकरण गर्न गएको थिएँ। लाईसेन्स पाईन तर बाँढीराखेको छ भनेर स्टन्ट गरिएको छ। अब त्यस्तो स्टन्टले देश चल्दैन,’ उनले भने। 

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - १५:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij