Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब !

अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब !


  • 316
    Shares

    अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब !

    काठमाडौं । सरकारले तलब भुक्तानी प्रक्रियामा नयाँ अभ्यास सुरू गर्ने भएको छ ।

    शुक्रबार अर्थमन्त्री स्तरीय निर्णयबाट नयाँ अभ्यास प्रारम्भ हुने भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। यसअघि हरेक महिना तलब भुक्तानी हुने गरेकामा अब १५ दिनमा एक पटक तलब दिने व्यवस्था मिलाइने भएको हो।

    अर्थ मन्त्रालयले यस्तो नियमसहितको परिपत्र महालेखा नियन्त्रकको कार्यालयमा पठाएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार यसै पाक्षिकबाट यस्तो व्यवस्था आरम्भ गरिने तयारी छ।

    महालेखा नियन्त्रक शोभाकान्त पौडेलले यो व्यवस्था कार्यान्वयनमा समस्या नहुने बताए। 'परिपत्र आएको विषयमा सोमबार हेर्नेछौं। यस प्रकारको व्यवस्था लागू गर्न गाह्रो हुँदैन' पौडेलले भने।

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - ०६:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij