Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सिंहदरबारमै ब्यस्त बालेनः यस्तो छ प्रधानमन्त्रीको बिहानीदेखि बेलुकासम्मको कार्यतालिका

सिंहदरबारमै ब्यस्त बालेनः यस्तो छ प्रधानमन्त्रीको बिहानीदेखि बेलुकासम्मको कार्यतालिका


  • 1.4K
    Shares

    • images
    सिंहदरबारमै ब्यस्त बालेनः यस्तो छ प्रधानमन्त्रीको बिहानीदेखि बेलुकासम्मको कार्यतालिका
    images

    यस्तो छ प्रधानमन्त्रीको बिहानीदेखि बेलुकासम्मको कार्यतालिका

    १. प्रधानमन्त्री शाह बिहान ९ बज्नुभन्दा केही समय अगावै सिंहदरबार पुगिसक्छन्। कार्यालय पुग्नेबित्तिकै उनले मुख्य सचिवसँग 'ब्रिफिङ' लिन्छन् र पहिलो सत्रको बैठकमा आवश्यकता अनुसार अन्य सहयोगी र कर्मचारीहरूलाई पनि सहभागी गराउँछन्।

    २.कार्यालय समयमा उनी अध्ययन, अनुसन्धान र विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको छलफलमा केन्द्रित हुन्छन्। उनले प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरू, प्रदेशका सांसद, सचिवहरू, र कूटनीतिक निकायका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर अनुभव साटासाट गर्ने र समस्याको पहिचान गर्ने कार्यतालिका बनाएका छन्।

    ३. प्रधानमन्त्रीले अरूको कुरा धेरै सुन्ने र आफू थोरै बोल्ने (५ देखि ७ मिनेट मात्र) शैली अपनाएका छन्। उनले बैठकका महत्त्वपूर्ण कुराहरू टिपोट गर्न र रेकर्ड गर्न लगाउने गरेका छन् भने आफ्नो सचिवालयलाई पनि 'धेरै सुन्न र कम बोल्न' निर्देशन दिएका छन्।

    ४. उनी बिहानै कार्यालय आएर बेलुका ६-७ बजेसम्म सिंहदरबारमै व्यस्त रहन्छन्। उनी ५ बजेपछि मात्र बालुवाटार फर्कन्छन् र खानाको हकमा प्रधानमन्त्री कार्यालयकै खाजा-नास्ता प्रयोग गर्छन्।

    ५. परिणाम निकाल्नका लागि उनी आफैँ र उनको सचिवालय टोली दैनिक १५ देखि २० घण्टासम्म खटिने गरेका छन्। सचिवालयका अनुसार उनी अहिले सबै क्षेत्रका समस्या बुझेर काम गर्ने तयारीमा रहेकाले उनको व्यस्तता अत्यधिक बढेको हो।

    ६. कार्यालय समयभन्दा बाहिर बालुवाटारमा रहँदा पनि उनी देशका समस्या केलाउनमै व्यस्त रहन्छन्। सरकार सञ्चालन र सेवा प्रवाह (डेलिभरी) लाई प्रभावकारी बनाउन उनलाई उनकी पत्नी सबिना काफ्लेले पनि रचनात्मक रूपमा सहयोग र सल्लाह दिने गरेकी छन्।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १९:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij