२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।
शेरबहादुर देउवा समूहले आइतबार महाराजगन्जमा गरेको समूहको भेलामा बलायरले भने, ‘हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटरप्याड दुरुपयोग काण्डमा २४ घण्टाभित्र कारबाही गरेर देखाऊ । कारबाहीसँग त्यसपछि परिणाम के हुन्छ, त्यो पनि भोग्न तयार हुनु ।’
पार्टीभित्र अहिलेसम्म गरेको सङ्घर्ष र त्याग अनि इतिहासको कुरा गर्दा अहिले सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगन्जको बैठकमा बसेका नेताहरूको योगदान ठुलो रहेको बलायरले बताएका छन् ।
सानेपामा बसेकाहरूलाई थकाउन र गलाउन सक्ने ताकत आफूहरूसँग भएको बताउँदै बलायरले नेताहरूले फराकिलो छाती बनाएर आफूहरूलाई नेतृत्व गर्ने अवसर दिएमा कांग्रेसको इतिहास जोगाउन तयार रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij