Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

बजारमा केराको मूल्य वृद्धि: रास्वपा सांसद आशिका तामाङद्वारा सामाजिक सञ्जालमार्फत कटाक्ष

बजारमा केराको मूल्य वृद्धि: रास्वपा सांसद आशिका तामाङद्वारा सामाजिक सञ्जालमार्फत कटाक्ष


  • 729
    Shares

    बजारमा केराको मूल्य वृद्धि: रास्वपा सांसद आशिका तामाङद्वारा सामाजिक सञ्जालमार्फत कटाक्ष

    काठमाडौं । केराको मूल्य अस्वाभाविक वृद्धि भएको छ । सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न थालेका छन् ।

    यसैबिच सत्तापक्षकै एक सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी निर्वाचित सांसद आशिका तामाङले आइतबार फेसबुकमा कटाक्ष गर्दै लेखिन्,‘ केरा नै केरा फल्ने देशमा एक दर्जनको रु. ३५०’ । 

    सस्तो, सुलभ र स्वास्थ्यवर्द्धक मानिने यो फल अहिले उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । केही महिना अघिसम्म प्रतिदर्जन १२० देखि १५० रुपैयाँमा पाइने केराको मूल्य ह्वात्तै बढेको हो । 

    सरकारले केरामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने सर्वसाधारणको माग छ । नेपाल सरकारले असोज २ गतेदेखि भारतबाट केरा आयातमा कडाइ गरेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १५:१०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij