Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

महँगी नियन्त्रण गर्न र सुकुमवासीलाई उठीबास नलगाउन नेपाली कम्युनिस्ट पार्टीको माग

महँगी नियन्त्रण गर्न र सुकुमवासीलाई उठीबास नलगाउन नेपाली कम्युनिस्ट पार्टीको माग


  • 134
    Shares

    महँगी नियन्त्रण गर्न र सुकुमवासीलाई उठीबास नलगाउन नेपाली कम्युनिस्ट पार्टीको माग

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले महँगी नियन्त्रण गर्न, विद्यार्थी संगठनमाथि प्रतिबन्ध नगर्न र सुकुमवासीलाई उठीबास नलगाउन सरकारसँग माग गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरेर उक्त माग गरेको हो ।

    हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै पार्टीले आपत्ति जनाएको छ । यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न पार्टीले सरकारसँग माग गरेको छ । ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,’ कार्यालय सचिव गणेशमान पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख छ ।

    पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुन सुझाव दिएको छ । ‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।

    विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयास गरेको भन्दै विरोध यसैगरी नेपाली कम्युनिस्ट पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य भनेको छ ।

    पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ ।

    यसैबीच, नेपाली कम्युनिस्ट पार्टीले नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ ।

    वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ । तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १५:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij