Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

पूर्णबहादुर खड्काले बोलाएको छलफलमा जुट्दै कांग्रेस नेताहरू

पूर्णबहादुर खड्काले बोलाएको छलफलमा जुट्दै कांग्रेस नेताहरू


  • 141
    Shares

    पूर्णबहादुर खड्काले बोलाएको छलफलमा जुट्दै कांग्रेस नेताहरू

    काठमाडौं । आज नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्र सदस्यहरूको बैठक बस्दैछ । 

    सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । 

    धुम्बाराहीस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बस्ने भएको हो । खड्काले शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए ।

    त्यो छलफलपछि निवर्तमान केन्द्रीय समितिका सदस्यहरूको बैठक बोलाउने निष्कर्षमा खड्का पुगेका थिए ।  अहिले नेताहरू बैठकमा जाने क्रम जारी छ ।    

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १३:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij