२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्दा हुने बताएका छन् । अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् ।
पार्टी महामन्त्री धवलशम्शेर राणाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने स्पष्ट पारेका छन् । आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।
उनले लेखेका छन्, राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन।
न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ।
अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा राप्रपाले राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणाबाट पनि पछाडि नफर्किने बताएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij