Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

तराईमा ‘तातो दिन’, यी स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात

तराईमा ‘तातो दिन’, यी स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात


  • 442
    Shares

    तराईमा ‘तातो दिन’, यी स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात

    काठमाडौं । देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आइतबार (वैशाख ६) ‘तातो दिन’ हुनेछ । 

    “मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ,” विभागले भनेको छ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको विभागले बताएको छ । साथै, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मोौम मुख्यतया सफा रहेको छ ।

    दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमाआंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा/हिमपातको  सम्भावना छ । 

    राति, देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल  लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - ०६:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij