Logo

२०८३ बैशाख ५ गते शनिवार

२०८३ बैशाख ५ गते शनिवार

खड्का निवासमा देउवा पक्षको बैठक बस्दै

खड्का निवासमा देउवा पक्षको बैठक बस्दै


  • 617
    Shares

    खड्का निवासमा देउवा पक्षको बैठक बस्दै

    काठमाडौं ।  आज नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको छ ।  शुक्रबार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि  देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको हो । 

    कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्न लागेको बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

    अदालतको फैसला पछि देउवा पक्षका केही नेताहरुले मिश्रित प्रतिक्रिया दिँदै आएका छन् । केही नेताले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकारेर आगामी १५ औं नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्दै आएका छन् भने केहीले अदालतको फैसलालाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख ५ २०८३ शनिवार - १४:२३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij