Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता

रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता


  • 274
    Shares

    रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता

    काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित भएका छन् ।
     
    शुक्रवार समिति बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्रै उम्मेदवारी परेकाले निविरोध निर्वाचित भएको घोषणा गरेका छन् । सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समिति भित्रको काम कर्तव्य अधिकार भित्र रहेको आफूले जिम्मेवारी निर्वाह गर्ने बताएका छन्। उनले संसदीय समितिको कार्यक्षेत्र भित्र रहेर अब जनताको समस्या समाधान तिर लाग्ने बताएका छन् । 

    सभापति अन्सारीले भने, ‘संसदीय समितिको जुन टीओआर छ, त्यसमा आधारित भएर काम गर्ने हो । अब समितिले जनताको आवाजहरुलाई सुन्नेछ । यो समिति  प्रतिवेदनमा सिमित रहने छैन । विधेयक अध्ययन गर्ने र सुझाव दिने मात्रै काम समितिले गर्नेछैन । जनताको जीवनमा परेका समस्याहरु समाधान गर्ने संयन्त्रका रुपमा यो समितिले आफूलाई प्रश्तुत गर्नेछ । हिजोका दिनमा समितिहरु कसरी चले र प्रभावकारीता के रह्यो भन्नेबारे यथावत् र्नै छ, आज हामी आउँदै गर्दा समाधन गर्ने संयन्त्रका रुपमा अघि बढाउनेछौँ ।’

    उनले समितिलाई समस्या समाधानको महत्वपूर्ण संयन्त्रका रुपमा विकास गरिने समेत बताएका छन् ।  

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १५:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij