Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

जन्मजात बोल्न नसक्ने नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

जन्मजात बोल्न नसक्ने नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ


  • 1.7K
    Shares

    जन्मजात बोल्न नसक्ने नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
    images

    काठमाडौं । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीका अनुसार घटनापछि पीडित पक्षले उजुरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपित गिरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पीडित बालिका जन्मजात बोल्न नसक्ने छन् । घरमा कोही नभएको मौका पारेर आरोपितले जबरजस्ती गरेको आरोप छ ।

    पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १६:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij