२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीका अनुसार घटनापछि पीडित पक्षले उजुरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपित गिरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडित बालिका जन्मजात बोल्न नसक्ने छन् । घरमा कोही नभएको मौका पारेर आरोपितले जबरजस्ती गरेको आरोप छ ।
पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij