Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक

संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक


  • 106
    Shares

    संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।

    निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।

    छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिएका छन् । 

    यसअघि संयोजक रसाइलीले शुक्रबार कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको जानकारी सञ्चारमाध्यमहरूलाई दिएका थिए ।

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १३:०६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij