Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव

गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव


  • 64
    Shares

    गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव

    काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् । स्वयम्भूमा दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले लामाको शव बोकेका छन् । 

    चैत २९ मा तार्केश्वर नगरपालिका-८ स्थित डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश-०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

    इन्स्पेक्टर लामाको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो । 

    इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।   

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १२:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij