Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला


  • 232
    Shares

    बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

    काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बाँसघारीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बटेश्वर गाउँपालिका-४ का ६० वर्षीय जगतबहदुर थापा रहेका छन् ।

    उनको शव आज बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा फेला परेको हो । छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि उनी बेपत्ता भएका थिए । त्यति बेला मादक पदार्थ सेवान गरेको उनको भनाइ छ ।

    बिहान १० बजे शव फेला परेको जानकारी आएपछि घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले बताए । अत्यधिक मादक पदार्थ सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - ११:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij