Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

आजको राशिफल । २०८३ वैशाख ४ गते  शुक्रवार

आजको राशिफल । २०८३ वैशाख ४ गते  शुक्रवार


  • 127
    Shares

    आजको राशिफल । २०८३ वैशाख ४ गते  शुक्रवार

    काठमाडौँ । आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।  वैशाख  कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख।

    मेष : दिन राम्रो छ । आम्दानीका क्षेत्रमा फाइदा हुनेछ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

    वृष : डुब्न लागेको धन प्राप्त हुनेछ । आफन्त र साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्नेछ ।

    मिथुन : आज प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । आम्दानीका स्रोत भेटिनेछन् । व्यापारमा नाफा होला ।

    कर्कट : तपाईंको बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । धन प्राप्त हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । खानपानमा ख्याल नगरे रोगले दु:ख दिने जोखिम छ । लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ ।

    सिंह : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।  

    कन्या : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने केही राम्रा संकेत देखिनेछन्।  

    तुला : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

    वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्ने बढ्नेछन्। व्यापार व्यवसाय नगर्नु राम्रो हुनेछ। आज परिवारको साथ सहयोग मिल्नेछ।  

    धनु : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। सामाजिक क्षेत्रमा संकट आइपर्न सक्छ । शत्रु बढ्नेछन्। शिक्षामा थप मिहिनेत गरेमा राम्रो उपलब्धि हात लाग्नेछ ।

    मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिवारको सल्लाह लिएर अघि बढेमा फाइदा होला ।

    कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। संकटको समयमा दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।  

    मीन : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - ०६:१६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij