२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न बिहीबार आदेश दिएको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। यसअघि नै खड्काको तर्फबाट श्रमति बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
वालेन्द्र शाह नेतृत्वको सरकारले संखुवासभाका खड्कालाई सम्पत्ति शुद्धीकरण कसूर पक्राउ गरी हिरासतमा राखेको थियो ।
सर्वोच्चले यही बुधबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको थियो । उक्त मुद्दामा बधुबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो ।
सर्वोच्चले उक्त मुद्दाको आज बिहीबारको लागि तोकेर थुनामुक्त गर्न आदेश दिएको हो । नेता खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले जेन-जी आन्दोलनको क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा अनुसन्धान गरिरहेको छ ।
बुधबार मात्रै सर्वोच्चले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल बुझाउन आदेश दिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij