२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्। संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको बताएका छन् । उनले विवेकपूर्ण ढङ्गले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले सभामुखको भुमिका पनि सकारात्मक रहने अपेक्षा राखेका छन् । यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताएका छन् ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पती अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारेका छन् । उनले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र ९टिओआर० भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij