Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

कांग्रेस आधिकारिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

कांग्रेस आधिकारिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा


  • 141
    Shares

    कांग्रेस आधिकारिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा  राखिएको छ ।  

    सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको पक्षबाट बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि सुनुवाइ राखिएको हो ।

    आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।

    यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले यही रिटमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो । देउवा र खड्काले ४ माघमा रिट दायर गरेका थिए ।    

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १७:३४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij