Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने


  • 148
    Shares

    राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ। वैशाख दोस्रो साताभित्र सम्पन्न गर्ने गरी राप्रपाको केन्द्रीय सचिवालयले सबै प्रदेशमा समीक्षा बैठकको तयारी सुरु गरेको हो।

    पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमितिहरूसँगको परामर्शमा बैठकको मिति तय भइरहेको जानकारी दिएका छन् । 

    केन्द्रीय सचिवालयको आयोजनामा हुने यी समीक्षा बैठकहरूमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुने भएका छन्। अध्यक्षसँगै पार्टीका अन्य केन्द्रीय पदाधिकारीहरू पनि सातै प्रदेशमा पुगेर समीक्षा बैठकमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ।

    बैठकमा सम्बन्धित प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षहरू, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अध्यक्षहरूका साथै हालैको निर्वाचनमा उम्मेदवार बनेका नेताहरू र जिल्ला निर्वाचन समितिका संयोजकहरूको उपस्थिति रहनेछ।  

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij