Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता

संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता


  • 155
    Shares

    संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभाका विषयगत समिति र २ वटा संयुक्त समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । बिहीवार संघिय संसद सचिवालयमा उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । 

    प्रतिनिधि सभाका विषयगत र संयुक्त संसदका २ गरी १२ वटा समितिमध्ये ११ वटा समितिको सभापतिमा रास्वपाले उम्मेद्वारी दिएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेद्वारी दर्ता गराएका छन् । 

    यस्तै प्रतिनिधि र राष्ट्रियसभा अन्तर्गतको संयुक्त समिति संसदीय सुनुवाई समितिको सभापतिमा वोधनारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्कीले मनोनयन गरेका छन् । 

    रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा भने प्रमुख प्रतिपक्षी दल ९नेपाली कांग्रेस०लाई सहयोग गर्ने निर्णय गरेको छ । रास्वपाको बिहीवार बसेको संसदीय दलको बैठकले समिति सभापतिहरु टंगो लगाएको थियो । समितिमा रहने सदस्यहरू भने यसअघि नै टुंगो लागिसकेको छ । 

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:२६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij