Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल

प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल


  • 911
    Shares

    प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल
    images

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।

    छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू सहभागी छन् । छलफल संसदीय समिति सभापति चयन लगायतबारेमा केन्द्रित रहेको बताइएको छ ।

    संसदीय समिति सभापतिका लागि आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

    संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij