२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । वैशाख ११ र १२ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकको एजेन्डामा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्ययोजना रहेको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले जानकारी दिएका छन्। परियारका अनुसार बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश इन्चार्ज, प्रदेश परिषद्, प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार सबै सहभागी रहनेछन्।
निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नैतिकताका आधारमा अध्यक्ष दुर्गा सोव, सुदन किराती र ओजश्वी भट्टराईले राजीनामा दिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij