२०८३ बैशाख ५ गते शनिवार
काठमाडौं । ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पक्राउ परेका हुन् ।
गत २६ चैत दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका-४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij