Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

भिजिट भिसामा कडाइ: पासपोर्टमा किन लेखियो ‘रोजगारी पूर्ण रूपमा निषेधित’?

भिजिट भिसामा कडाइ: पासपोर्टमा किन लेखियो ‘रोजगारी पूर्ण रूपमा निषेधित’?


  • 484
    Shares

    भिजिट भिसामा कडाइ: पासपोर्टमा किन लेखियो ‘रोजगारी पूर्ण रूपमा निषेधित’?

    काठमाडौं । पर्यटक भिसामा युएई जानेहरूको पासपोर्टमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले ‘काम होइन मात्र भ्रमणका लागि’ र ‘युएई भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित छ’ भनेर लेख्न थालेका छन् ।

    पासपोर्टमा अध्यागमनका कर्मचारीले प्रस्थान अनुमतिको छाप हानेपछि हस्तलिखित रूपमा त्यस्ता भाषा लेख्न थालेका हुन् । 

    पासपोर्टमा त्यस्तो भाषा लेख्दा विदेशमा नेपाली पासपोर्टको महत्त्व झन् कमजोर हुने भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । युएईमा बस्ने नेपालीहरूले पनि त्यसबारे तीव्र आलोचना गर्दै प्रश्न उठाएका छन् । 

    तर, त्यस्ता विवरण राहदानीमा लेख्नेबारे अध्यागमन विभागले कुनैपनि औपचारिक निर्णय नगरेको विभागका निर्देशक टिकाराम ढकालले बताएका छन् । 

    विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले निर्णय बिना नै त्यस्ता भाषा लेखेको पाइएको छ । त्यसबारे विभागले आफ्नो धारणा सार्वजनिक गर्ने ढकालले बताएका छन् । उनले भने, ‘त्यसमा हामी आधिकारिक धारणा सार्वजनिक गर्छौँ ।’ 

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १२:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij