Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

मेमोग्राफी मेसिन खरिद प्रकरण: तत्कालीन महानिर्देशक मिश्राको मुद्दामा पेसी तोकियो

मेमोग्राफी मेसिन खरिद प्रकरण: तत्कालीन महानिर्देशक मिश्राको मुद्दामा पेसी तोकियो


  • 1.3K
    Shares

    मेमोग्राफी मेसिन खरिद प्रकरण: तत्कालीन महानिर्देशक मिश्राको मुद्दामा पेसी तोकियो

    काठमाडौं । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा‍।संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । 

    विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका निर्देशक डा। श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा।सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रालिका संस्थापक-सञ्चालक सुन्दर भुसाल लगायत अन्य कर्मचारी र इन्जिनियरहरू विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।  

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ११:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij