२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको थियो ।
खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij