Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा


  • 1.3K
    Shares

    इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

    काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले बुधबार रिहा गरेको हो ।

    परराष्ट्रमन्त्री शिशिर खनालले उनी रिहा भएको जानकारी गराए । ‘उहाँ रिहा हुनुभएको छ । इरानस्थित कन्सुलरसँग हाम्रो कुराकानी भयो,’ खनालले भने ।

    उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् । उनका भिनाजु राजेश झाले आफूलाई केहीबेर अघि सरकारी अधिकारीबाट अमृत रिहा भएको जानकारी आएको जानकारी दिए ।

    इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

    अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए । उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ०३:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij