Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

सुजन बाग श्रेष्ठले चौथो पटक छेडे जिब्रो (तस्वीरहरू)

सुजन बाग श्रेष्ठले चौथो पटक छेडे जिब्रो (तस्वीरहरू)


  • 260
    Shares

    सुजन बाग श्रेष्ठले चौथो पटक छेडे जिब्रो (तस्वीरहरू)

    काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ उत्साहका साथ मनाइएको छ । यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुख्र्यौली परम्परालाई निरन्तरता दिएका छन् ।

    चैत मसान्तमा शुरु हुने बिस्केट जात्राको विशेष आकर्षणको रूपमा रहेको यो जात्रा हेर्न हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ । जात्राको क्रममा सुजनले करिव १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए । 

    जिब्रो छेड्नु अघि उनले स्थानीय देवीदेवताको पूजा अर्चना गरेका थिए । जिब्रो छेडिसकेपछि उनले काँधमा ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । यो जात्राको आफ्नै ऐतिहासिक र धार्मिक महत्व रहेको छ। 

    किम्वदन्तीअनुसार बोडेमा दुःख दिने नीलबाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गराइएको सम्झनामा यो जात्रा मनाउन थालिएको विश्वास गरिन्छ । जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालिन्छ र त्यहाँको माटो लगाइन्छ, जसले घाउ निको हुने जनविश्वास छ । 

    gfh.JPG

    jibro chedni.jpg

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १६:०९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij