२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् ।
बुधबार कांग्रेसको केन्द्रीय अनुशासन समितिले खड्काले अवैध ढंगबाट नभएको जिम्मेवारी भन्दै पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोपमा खड्कासँग ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोबारे खबर सेन्टरसगँ खड्काले भने, ‘स्पष्टीकरण भनेको यो आधारमा निरर्थक छ । हास्यास्पद छ । अर्थहीन छ । यत्ति हो मेरो कुरा ।’’
अनुशासन समिति बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२\१२\३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, ९संशोधन सहित० को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ ।’
खड्काले भने, मलाई स्पष्टीकरण सोधेको भन्ने कुरा मैले अहिले तपाईंबाट थाहा पाएँ। त्यो स्पष्टीकरण सोध्ने कुरा निरर्थक छ। हास्यास्पद छ र सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा न्याय पाउँछौँ । हामीले भनेर हामीलाई विश्वास छ। र चाडै नै सम्मानित सर्वोच्च अदालतले पुरानो दलसँग जोडिएको मुद्दालाई फैसला गर्ने छ भनेर विश्वास छ। सर्वोच्च अदालतको निर्णय आएपछि त्यो कुरालाई सबैले मान्नु पर्छ। त्यो त्यहीअनुसार अगाडि बढ्नु पर्छ। अहिलेको यो स्पष्टीकरण भनेको यो आधारमा निरर्थक छ, हास्यास्पद छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij